नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन पनि घटेको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस