Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १२ : ०० मा प्रकाशित

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम गत वर्षको साउन ३२ गतेदेखी लागू हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।

बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ्ग एक्टिभिटिज’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो । अन्तराष्ट्रिय मापदण्ड अनुरूपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्था मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

यस प्रमाण पत्र प्राप्तिको लागि महालक्ष्मी विकास बैंकको निति–नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट समेत गरिएको थियो । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करीब ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको