Like us!
Follow us!
Connect us!
Watch us!

बिराटनगर किंग्सका खेलाडीहरू हाइ पर्फर्मेंन्स ट्रेनिंगका लागि मुम्बई प्रस्थान

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १२ : २९ मा प्रकाशित

बिराटनगर किंग्सका खेलाडीहरू हाइ पर्फर्मेंन्स ट्रेनिंगका लागि मुम्बई प्रस्थान

बिराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको Omtex ICWC Cricket Institute मा पठाएको छ। मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ। प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको छ।

मुम्बईको Omtex ICWC Cricket Institute अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ। खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्नेछन्। यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्नेछ।

टोलीले फ्लड-लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याटउने अपेक्षा गरिएको छ।

बिराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ। व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ बिराटनगर किंग्सको प्रतिनिधित्व गर्नेछ।

बिराटनगर किंग्सका बारेमा :

बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। टिमको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल भावना प्रवर्द्धन गर्ने र समुदाय एवम् फ्यानहरूसँगको सम्बन्ध बलियो बनाउँदै कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको