आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २३४ रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ९ विकेट गुमाएर २३३ रन बनाए पछि यूएईले उक्त लक्ष्य पाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन् । उनले टिमका लागि १०९ रनको योगदान दिए । त्यस्तै ओपनर आशिफ शेखले ३५ रन बनाए । आरिफ शेखले २७ र दिपेन्द्र सिंह ऐरिले २३ रनको योगदान दिए । अन्त्यमा करण केसीले पनि टोलिका लागि १३ रनको आक्रामक पारी खेले । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यूएईका लागि जाहिद अलीलेले ४ विकेट लिए भने जुनेद सिद्धिकिले ३ विकेट लिए । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल महत्वपूर्ण दुई अंक जोड्ने योजनामा रहेको छ । अमेरिकासँग पराजित भएको यूएई पनि आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस