अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र बिक्रीका लागि १३ बैंक तथा वित्तीय संस्थालाई जिम्मा दिएको छ । वचतपत्र आज अर्थात विहिबारदेखि खुलेको छ ।
केन्द्रीय बैंकले सिटिजन्स बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, सनराईज बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई बिक्री एजेन्टको रुपमा तोकेको हो ।
यस्तै प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, आईएमई लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई पनि वचतपत्र बिक्रीको एजेन्ट नियुक्त गरेको छ ।
आजदेखि २५ करोड बराबरको वैदेशिक रोजगार वचतपत्रको बिक्री खुला हुनेछ । यही फागुन २३ गतेसम्म उक्त वचतपत्र खरिद गर्न सकिने छ ।
बार्षिक १० प्रतिशत ब्याज पाइने, ६ महिनामा ब्याज भुत्तानी हुने, ५ वर्षमा साँवा फिर्ता हुने भएकाले उत्तः वचतपत्र आर्कषक रहेको छ ।
वचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा समेत लिन सकिने भएकाले बहुआयामिक महत्वको रहेको बताइएको छ ।
वचतपत्र रोजगारीका शिलसिलामा मुलुक बाहिर गएका र रोजगारीबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक र गैरआवासिय नेपालीले रिद गर्न सक्नेछन् । यस्तै बाबु, आमा, छोरा छोरी, श्रीमतीले पनि त्यस्तो वचतपत्र खरिद गरिदिन सक्ने प्रबन्ध गरिएको छ ।
बैंक तथा वित्तीय संस्थामा व्याजको आशमा रकम राख्नु भन्दा वचतपत्र खरिद गर्नु उपयुक्त हुने विज्ञहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस