Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिकाका पूर्व कप्तान डु प्लेसिसले विराटनगरबाट एनपिएल खेल्ने

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १२ : ५५ मा प्रकाशित

दक्षिण अफ्रिकाका पूर्व कप्तान डु प्लेसिसले विराटनगरबाट एनपिएल खेल्ने

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस लाई अनुबन्ध गरेको छ । विराटनगर किङसले विज्ञप्ति जारी गर्दै डु प्लेसिसलाई अनुबन्ध गरेको जानकारी दिएको हो । 

डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन् । कप्तानको रुपमा देश दक्षिण अफ्रिका र आइपिएलको फेन्चाईज आरसिबी लाई नेतृत्व गरेको अनुभव उनीसँग छ । उनको अनुभव र नेतृत्वले टोलीलाई अझ बलियो बनाउने विश्वास विराटनगर किङ्सले गरेको छ ।

‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपिएलको लागि गर्वको कुरा हो। उनको आगमनले विराटनगर किंग्स र एनपिएलको लागि आउने दिनमा अन्य विश्व स्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन,’ विराटनगका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने । डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ ओडिआई र ५० टि ट्वान्टी आई खेलेका छन्। टि ट्वान्टी आईमा ३५.५३ को औसतमा १ हजार ५ सय २८ रन बनाएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको