Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका एक दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १४ : ५१ मा प्रकाशित

राष्ट्र बैंकका एक दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल गरेका छन्। गभर्नरले बुधबारदेखि लागू हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन्।

राष्ट्र बैंकका अनुसार, मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनी गभर्नरको कार्यालयमा सरुवा भएका छन्। बैंक तथा वित्तीय संस्था नियमन विभागका गुरु पौडेल मानव संसाधन व्यवस्थापन विभागमा स्थानान्तरण भएका छन्।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मेवारी सम्हाल्ने भएका छन्। मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व दिइएको छ। राष्ट्र बैंकका प्रवक्ता समेत रहेका भुक्तानी प्रणाली विभागका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। हाल वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत सत्येन्द्र तिमिल्सिना बुधबारदेखि भुक्तानी प्रणाली विभागको प्रमुख हुनेछन्।

सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रानेशन कुमार सिग्देललाई बैंकिङ विभागको जिम्मेवारी दिइएको छ भने बैंकिङ विभागका डा. डिल्लीराम पोख्रेल मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएका छन्। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाललाई मुद्रा व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने हालै कार्यकारी निर्देशक बनेका राजन बिक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको प्रमुख बनाइएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको