गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडलको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको पहिलो तीन महिनाको अवधिसम्ममा कुल १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासिकसम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३५.०९ रुपैयाँबाट बढेर ५०.०३ रुपैयाँ पुगेको छ । त्यस्तै खराब कर्जा (एनपीएल) ३.१६ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ १७२.१८ रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड १४ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ करोड १२ लाख रुपैयाँबाट बढेर ४ करोड ७८ लाख रुपैयाँ र सञ्चालन नाफा १ करोड ४५ लाख रुपैयाँबाट बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ५ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ४९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस