आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेर अघि सुरु भएको खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
आज नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा कुशल मल्लले मौका पाएका छन् । जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।
लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ । यो समाचार तयार पार्दासम्म नेपालले १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस