Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १० : २३ मा प्रकाशित

कृषि विकास बैंकले  घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा  ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश रहेको  छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब बस्ने साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ। साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निर्णय समेत बैंकले गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको