कृषि विकास बैंक लिमिटेडले किसान र कृषि उद्यमीहरूलाई लक्षित गर्दै कृषि कर्जामा नयाँ ब्याजदर लागू गरेको छ। बैंकका अनुसार अब कृषकहरूले ६.४९ प्रतिशत ब्याजदरमा कृषि ऋण पाउन सक्नेछन्। यो ब्याजदर बैंकको ५.४९ प्रतिशत आधारदरमा १ प्रतिशत प्रिमियम थप गरेर निर्धारण गरिएको हो।
‘स्वर्णिम अवसर’ अभियानअन्तर्गत ल्याइएको यस योजनामार्फत दुग्ध उत्पादन, फलफूल, तरकारी, खाद्यान्न बाली तथा अन्य कृषि उद्यममा संलग्न किसानहरूले सहज र न्यून ब्याजदरमा कर्जा लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकको भनाइमा, यो योजना किसानहरूलाई आत्मनिर्भर, व्यवसायमुखी र उत्पादनमुखी बनाउन सहयोगी हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस