Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ - गभर्नर पौडेल

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १० : ५७ मा प्रकाशित

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छ - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालैको ‘जेनजी आन्दोलन’ले देशको लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको बताएका छन्। काठमाडौंमा नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले विगत दुई वर्षदेखि नै निजी क्षेत्र लगानी विस्तारमा हिच्किचाइरहेको अवस्थामा आन्दोलनपछि लगानीकर्ताको मनोबल झन् घटेको बताएका हुन्।

उनका अनुसार, बजारमा पुँजीको अभाव नभए पनि अर्थतन्त्रलाई सबल बनाउनुपर्ने क्षेत्रमा नयाँ परियोजनामा लगानी अघि बढ्न नसकिरहेको छ। 'युवा अभियन्ता समूहको आन्दोलनबाट उत्पन्न असन्तुष्टि अझ चर्किँदै गएको छ, जसले आर्थिक निर्णयमा जोखिमबोध बढाएको छ,'गभर्नर पौडेलले भने।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनको प्रारम्भिक चरणलाई आर्थिक तथा सामाजिक दबाबको परिणामका रूपमा व्याख्या गर्दै भने, 'पछिल्लो चरणमा बाह्य तत्वको प्रभाव प्रवेश गर्दा सार्वजनिक र निजी संरचनामा आक्रमणसम्म पुगेको देखियो।'उनका अनुसार, शान्तिपूर्ण असन्तुष्टिलाई हिंसात्मक दिशामा मोड्ने प्रयासले व्यवसायी समुदायको विश्वासमा नकारात्मक असर पारेको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आन्दोलनमार्फत सतहमा आएका समस्या राजनीतिक दलहरूका लागि प्रणालीगत सुधारको आवश्यकता औँल्याउने संकेत भएको बताए। 'अब व्यक्तिभन्दा संस्थागत सुधारमा जोड दिनु अत्यावश्यक छ,' उनले भने।

त्यस्तै, नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सो आन्दोलन कांग्रेसका लागि पनि चेतावनीसरूप आएको स्वीकार गरे। उनका अनुसार, सरकारको नेतृत्व आफ्नै पार्टीको हातमा हुँदा जनताले सडकमा असन्तुष्टि प्रकट गर्नु कांग्रेसका लागि आत्मसमिक्षाको अवसर हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको