Like us!
Follow us!
Connect us!
Watch us!

उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १० : ५४ मा प्रकाशित

उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा सञ्चित करिब ३ अर्ब ७० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने निर्णय गरेको छ। मंगलबार जारी सूचनामार्फत केन्द्रीय बैंकले उक्त रकम लगानी गर्ने जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार तोकिएको कुल रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा २ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा ५५ करोड ५० लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १८ करोड ५० लाख रुपैयाँ बराबरको लगानी हुनेछ। लगानीका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेका केही सर्तहरू पूरा गर्नुपर्नेछ। सूचनाअनुसार ती संस्थाहरू कम्तीमा दुई वर्षअघि सञ्चालनमा आएको हुनुपर्नेछ। साथै न्यूनतम पूँजी कोष कायम गरेको निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्नेछ।

त्यसैगरी कर्जा-निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान विवरणअनुसार खुद नाफामा रहेको हुनुपर्ने पनि सर्तमा समावेश गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको