Like us!
Follow us!
Connect us!
Watch us!

आलो घाउमा मलम लागेझैँ भएको छ - भीम रावल

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १६ : ४२ मा प्रकाशित

आलो घाउमा मलम लागेझैँ भएको छ - भीम रावल

मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीसँग संगठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्  ।

उनले भने, 'जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको छ ।'

संयोजक बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरणलाई सशक्त रूपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे । 'आगामी दिनमा शक्ति रूपले सङ्गठनात्मक भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ', उनले भने । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको