Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर १४ गतेदेखि माछापुच्छ्र्रे एसआइपी योजना निष्काशन गर्दै माछापुच्छ्र्रे क्यापिटल

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १० : ४८ मा प्रकाशित

मंसिर १४ गतेदेखि माछापुच्छ्र्रे एसआइपी योजना निष्काशन गर्दै माछापुच्छ्र्रे क्यापिटल

माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । 

एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो । यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन् ।

योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा मंसिर २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको