Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टकाे ५ वर्षिय लाभांश इतिहास : पाँचै वर्ष नगद

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १४ : २० मा प्रकाशित

शिवम् सिमेन्टकाे ५ वर्षिय लाभांश इतिहास : पाँचै वर्ष नगद

दोश्रो बजारमा प्राय चर्चामा आइरहने कम्पनीमध्येको एक हो, शिवम सिमेन्ट कम्पनी लिमिटेड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रसाेधन समूह अन्तर्गत यस कम्पनीकाे ४ कराेड ४० लाख कित्ता सेयर सूचिकृत रहेकाे छ । 

कम्पनीकाे परिचय

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीकाे वित्तीय अवस्था

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । पुस मसान्तसम्म कम्पनीकाे सञ्चालन आम्दानी ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष १ करोड ३५ रुपैयाँ रहेको कम्पनीकाे अन्य आम्दानी यो वर्ष बढेर ३२ करोड ३६ लाख रुपैयाँ पुगेको छ । कम्पनीकाे चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । कम्पनीकाे जगेडा कोषमा ३ अर्ब ७४ रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीकाे प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा (वार्षिक) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेकाे छ ।

कम्पनीकाे ५ वर्षिय लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा हालसम्म कम्पनीले ५ वटा आर्थिक वर्षमा लाभांश वितरण गरेकाे छ । कम्पनीले ५ वटै आर्थिक वर्षहरूमा नगद लाभांश मात्रै वितरण गरेको छ । कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा २९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै यही आर्थिक वर्ष २०७८/७९ मा १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेकाे छ ।

यस्ताे छ शिवम् सिमेन्टकाे ५ वर्षिय लाभांश इतिहास :

१. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५.७८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको