नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का सेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र सेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । हाल उक्त सेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै निवेदन दिन पाउनेछन् ।
यसका लागि ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र खरीद मूल्य खुलाएर गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।
जसमध्ये जश श्रेष्ठको स्वामित्वको २५ हजार कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी १ लाख कित्ता सेयरको न्यूनतम मूल्य तोकिएको छैन । ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस