Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको साधारणसभाको एजेण्डाबाट ६.३१ प्रतिशत लाभांश प्रस्ताव गायब

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १० : ५५ मा प्रकाशित

निफ्राको साधारणसभाको एजेण्डाबाट ६.३१ प्रतिशत लाभांश प्रस्ताव गायब

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले साधारणसभाको मिति घोषणा गरेको छ । विभिन्न एजेण्डा सहित साधारणसभा बालाएको भए पनि गत भदौ १९ गते सञ्चालक समितिबाट निर्णय गरी सार्वजनिक गरेको लाभांश प्रस्ताव साधारण सभाको एजेन्डामा समावेश गरिएको छैन । 

बैंकले कर सहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको थियो । तर, बैंकको साधारण सभा सूचना भने उक्त प्रस्तावबिनै प्रकाशित भएको छ । जसले सेयरधनीलाई आश्चर्यचमा पारेको छ ।  निफ्राले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हालको २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा करसहित १ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  लाभांश घोषणा भएको साढे दुई महिनापछि बोलाइएको साधारण सभाको एजेन्डामा त्यो प्रस्ताव समावेश नभएपछि बैंकभित्र लाभांश ‘गायब’ भएको चर्चा सुरु भएको छ ।

बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले मंसिर २३ गते साधारण सभा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा गर्न निर्णय गरेको हो ।साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्ने र २०८२/८३ का लागि बाह्य लेखापरीक्षक पुनः नियुक्त गर्ने प्रस्ताव मात्र राखिएको छ। साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि सभाको एजेन्डामा समावेश छ । बैंकले यो भुल बस यस्तो भएको भन्दै पुनः सूचना जारी गरिने जनाएको छ । 

 

691c00b02a14c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको