Like us!
Follow us!
Connect us!
Watch us!

काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादी, उपभोगअयोग्य

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, ११ : २६ मा प्रकाशित

काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादी, उपभोगअयोग्य

कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ । 

भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ । यस्तै नवलपरासीबाट बिक्रीका लागि कालीमाटीमा ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अगानोफस्फेट नामक विषादीको मात्रा भेटिएको छ । 

समितिले १५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी पाइएको हो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
 

691eaa9bdc686.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको