Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्षमा करिब ३ अर्बको आईपीओ जारी, झण्डै ५४ अर्बको आईपीओ पाइपलाइनमा

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १५ : २६ मा प्रकाशित

चालु आर्थिक वर्षमा करिब ३ अर्बको आईपीओ जारी, झण्डै ५४ अर्बको आईपीओ पाइपलाइनमा

पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा आईपीओको स्वीकृतिका लागि आवेदन दिने कम्पनीहरुको संख्या बढ्दै गएको छ । आवेदन दिने कम्पनीको संख्या बढ्दा जाँदा आईपीओ जारी गर्ने स्वीकृति पाउने कम्पनीको संख्या भने निकै कम रहेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा जम्मा ४ वटा कम्पनीले मात्रै आईपीओ जारीको अनुमति पाएका छन् ।  नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म ४ वटा कम्पनीलाई आईपीओ जारी गर्नेका लागि स्वीकृति दिएको छ । अझै पनि ८१ वटा कम्पनीहरु बोर्डको स्वीकृतिको प्रतिक्षामा रहेका छन् । बोर्डको तथ्यांक अनुसार हालसम्म करिब ३ अर्ब रुपैयाँको आईपीओ जारी गर्नका लागि स्वीकृत भएको छ । बोर्डले ४ कम्पनीको २ अर्ब ९९ करोड ४७ लाख ४ हजार ८०० रुपैयाँको आईपीओ निष्काशनको अनुमति दिएको छ । 

चार वटा कम्पनीमध्ये ३ कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने एउटा कम्पनीको बाँकी रहेको छ । आईपीओ जारी गर्ने अनुमति पाएका कम्पनीमध्ये सागर डिस्टीलरी, श्रीनगर एग्रीटेक र एस वाइ प्यानलको आईपीओ जारी भएर बाँडफाँट पनि भइसकेको छ । सोलु हाइड्रोपावरको आईपीओ भने निष्काशन हुन बाँकी रहेको छ । यो कम्पनीले कात्तिक २४ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो । बोर्डले हालसम्म २ करोड ९९ लाख ४७ हजार ४८ कित्ता आईपीओलाई निष्काशनको अनुमति दिएको छ । 

५४ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा, हाइड्रोपावर कम्पनीमात्रै ३८ वटा 

अहिले धितोपत्र बोर्डमा आईपीओ अनुमतिको प्रतिक्षामा रहेका कम्पनीको संख्या ८१ वटा रहेको छ । विभिन्न क्षेत्रका ८१ वटा कम्पनीको ५३ अर्ब ८१ करोड ८१ लाख ८६ हजार ८६१ रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । आईपीओको पाइपलाइनमा रहेका कम्पनीमध्ये सबै भन्दा बढी हाइड्रोपावर कम्पनी रहेका छन् । हाल सेवोनको निष्काशनको प्रतिक्षामा रहेका हाइड्रोपावर कम्पनीको संख्या ३८ वटा रहेको छ । हाइड्रोपावर कम्पनीहरुको १६ करोड २६ लाख ७८ हजार ७५४ कित्ता सेयर पाइपलाइनमा रहेको छ । हाइड्रोपावर कम्पनीहरुको १६ अर्ब ६७ करोड ५१ लाख ४० हजार २३६ रुपैयाँको आईपीओ हो । 

त्यस्तै होटल तथा पर्यटन क्षेत्रका ५ कम्पनीको १ अर्ब ६४ लाख ६० हजार रुपैयाँको १ करोड ६४ लाख ६० हजार कित्ता, इन्भेष्टमेन्ट क्षेत्रका ४ कम्पनीको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ताको ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० र माइक्रो इन्स्योरेन्सका ३ कम्पनीका ६७ लाख ५० हजार कित्ताको ६७ करोड ५० लाख रुपैयाँको सेयर पाइपलाइनमा रहेको छ । यी कम्पनीहरु बोर्डको स्वीकृतिको प्रतिक्षामा रहेका छन् । 

पाइपलाइनमा रहेका क्षेत्रमध्ये सबै भन्दा बढी मूल्यको आईपीओ उत्पादन तथा प्रसोधन समूहको रहेको छ । यो क्षेत्रका १९ कम्पनीको १३ करोड ११ लाख १७ हजार २७२ कित्ता सेयर बापतको २७ अर्ब ४५ करोड ७४ लाख १६ हजार ७२५ रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै अन्य समूहको ११ कम्पनीका ३ करोड ३७ लाख ९० हजार ५४ कित्ता सेयर पाइपलाइनमा रहेको छ । अन्य समूहको मात्रै ४ अर्ब ५ करोड १२ लाख ५ हजार ४०० रुपैयाँ मूल्यको आईपीओ पाइपलाइनमा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको