कृषि विकास बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गतेका लागि १९ औँ साधारणसभा बोलाएको हो ।
सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ । उक्त साधारणसभाले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अग्राधिकार सेयर पँुजीमा वार्षिक ६ प्रतिशतले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंसिर ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै भाग लिन र लाभांश पाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस