सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
त्यस्तै कम्पनीले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने समेत निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । सो बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न निर्णय गरेको छ ।
हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले गरेको छ । सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पनि पेश गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस