Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माईकोफाइनान्सको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, ११ : २८ मा प्रकाशित

फर्स्ट माईकोफाइनान्सको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रिमा

फर्स्ट माईकोफाइनासले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापकको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

कम्पनीले गौरी श्रेष्ठको नाममा रहेको १ लाख १ हजार ६९१ कित्ता, एस.जी सेक्युरिटिज प्रालिको नाममा रहेको ५० हजार ८४५ कित्ता र एस.वी होडिङ्ग प्रालिको नाममा रहेको ३३ हजार ८९७ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर कम्पनीका विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । कम्पनीको उक्त संस्थापक सेयर प्रतिकित्ता मूल्य न्यूतमक २८० रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको