Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : साविक विजेतामाथि पोखराको जित

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, २० : ४३ मा प्रकाशित

एनपिएल क्रिकेट : साविक विजेतामाथि पोखराको जित

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिले जित निकालेको छ ।  पोखराले साविक विजेता जनकपुरलाई पराजित गर्दै दोस्रो संस्करणमा पहिलो जित निकालेको हो । 

सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो । पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरेका थिए । १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जितसम्म पु¥याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

अन्तिम ओभरको दोस्रो बलमा सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए । त्यस्तै सञ्जय कृष्णमूर्तिले २५ रन बनाए भने माज साजाकातले २० रन जोडे । जनकपुरको ब्याटिङ अर्डरलाई ध्वस्त पार्ने क्रममा पोखराका विपिन खत्रीले ४ विकेट लिए । यस्तै सुमित वर्माले २ विकेट लिए । कप्तान कुशल भुर्तेल र जिमी निशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुमित वर्माको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो । पोखराका लागि युगान्डाका अलराउण्डर सुमित वर्माले सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे । बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान १ विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको