Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : चितवनमाथि काठमान्डूको सहज जित

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, १५ : ४० मा प्रकाशित

एनपिएल क्रिकेट : चितवनमाथि काठमान्डूको सहज जित

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम चारमा पुग्ने सम्भावना जिवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार काठमाडौँले चितवनलाई ५३  रनले पराजित गरेको हो । 

एनपीएलमा ५ खेलखेल्दा काठमान्डूको यो तेस्रो जित हो । तीन खेलमा जित र दुई खेलमा हार भोगेको काठमाडौँ ६ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । जितसँगै काठमाडौँको ‘प्लेअफ’ खेल्ने सम्भावना बलियो बनेको छ ।  लिग चरणका चारमध्ये दुई खेलमा जित र दुई खेलमा हार भोगेको चितवन भने चार अंकसहित चौथो स्थानमा झरेको छ । हारसँगै चितवनले प्लेअफमा पुग्न संघर्ष गर्नुपर्नेछ । आजको खेलमा काठमान्डूले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ रन बनाए । सोहेल तनविरले १८ रन थपे । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

चितवनलाई कम स्कोरका रोक्न काठमाडौका रसिद खानले ३ विकेट लिए । करण केसी, मिलिन्द कुमार, साहब आलमले समान दुई विकेट लिए । सन्तोष यादवले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँ २ बल बाँकी छँदै सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । उसका लागि जोन सिमसनले ६० रनको योगदान दिए भने मिलिन्द कुमारले ३८ रन बनाए । यी दुईले ९८ रनको साझेदारी गरेपछि काठमाडौँले सम्मानजनक योगफल खडा गरेको थियो । चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले समान दुई विकेट झारे । रवि बोपाराले एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको