Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिणत

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, ०८ : ३५ मा प्रकाशित

सपोर्ट लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिणत

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेकोमा नेप्सेले सोही बमोजिम मंसिर १५ गते सेयर अभिलेख गरेको जनाएको छ । 

नेप्सेमा यस कम्पनीको कुल १२ लाख २४ हजार ४३४.४९ कित्ता सेयर सूचीकृत रहेको छ । सेयर संरचना परिवर्तन भएसँगै अब कम्पनीका संस्थापक सेयरधनीसँग ७ लाख ३४ हजार ६६०.६९ कित्ता सेयर र सर्वसाधारणसँग ४ लाख ८९ हजार ७७३.८० कित्ता सेयर रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको