Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : साविक विजेताको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १४ : ५४ मा प्रकाशित

एनपिएल क्रिकेट : साविक विजेताको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । साविक विजेता जनकपुरले पहिलो जित निकाल्ने क्रममा चितनव राइनोजलाई ६ विकेटले पराजित गरेको हो । 

चितवले दिएको १७७ रनको लक्ष्य जजनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि माज सदाकलतले सार्वधिक ६३ रनको पारी खेले । त्यस्तै अनिल साहले ६१ रन बनाए । चितवनका लागि सोहेल तन्बीर, कमलसिंह ऐरि र अमरि रौटेलाले एक एक विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । चितवनका लागि डेविट मलानले सार्वधिक ८० रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले पनि ५२ रनको अर्धशतकीय पारी खेले । अन्त्यमा कप्तान कुशल मल्लले पनि टोलिका लागि ३० रनको अविजीत पारी खेले । 

जनकपुरका लागि माज सदाकद, अनिल शाह, रुपेश सिंह र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । जनकपुरले केही बेरमा जबाफि ब्याटिङ गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको