नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजे पछि विराटनगरले पहिले ब्याटिङ गर्ने भएको हो ।
आजको खेलमा लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ । गुल्बदिन नैबको स्थानमा जोनाथन स्मिथलाई ल्याएको छ । त्यस्तै, विराटनगरले पनि आज एक खेलाडी परवर्तन गरेको छ । सेहान जयसूर्यको स्थानमा फाफ डु प्लेसिसलाई प्लेइङ–११ मा ल्याएको छ ।
विराटनगर किंग्सको टोली ः सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, फाफ डु प्लेसिस, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे ।
लुम्बिनी लायन्सको टोली ः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथ्यु सर्ट, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस