Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, १७ : ४५ मा प्रकाशित

एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो ।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । बसिर अहमदले २८ रन बनाए भने साम हिटलेट २७ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे । पहिलो खेल खेलेका फाप डुप्लेसिसले १२ रन बनाए । 

बलिङमा शेर मल्लले ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एक एक विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको