Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पोखरालाई काठमान्डूको १६६ रनको चुनौति

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, १३ : ५० मा प्रकाशित

एनपिएल क्रिकेट : पोखरालाई काठमान्डूको १६६ रनको चुनौति

नेपाल प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ । भीम सार्की र वेन चाल्सवर्थको अर्धशतक सहयोगमा काठमाडौं गोखार्जले पोखरा सामु जितका लागि १६६ रनको चुनौति दिएको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन रन बनायो । काठमाडौंका लागि ओपनर वेनले ६४ रनको सर्वाधिक योगदान दिए । त्यसतै भीम सार्की  ५५ रनको योगदान दिए । त्यस्तै मिलिन्द कुमारले १३ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक ४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए । किरण ठगुन्नाले एक विकेट आफ्नो नाममा गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको