Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकर्स संघको कार्यसमितिमा चार नयाँ सदस्य चयन

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०८२, ०९ : ०० मा प्रकाशित

नेपाल बैंकर्स संघको कार्यसमितिमा चार नयाँ सदस्य चयन

नेपाल बैंकर्स संघको कार्यसमितिको रिक्त पदमा चार नयाँ सदस्य चयन भएका छन् । संघको बुधबार सम्पन्न भएको बार्षिक साधारणसभाबाट रिक्त पदमा एक जनाको कार्यकाल दोहोरिएको छ । यस बाहेकका बाँकी तीन जना नयाँ सदस्य चयन गरिएको संघले जनाएको छ ।

संघको सदस्यमा प्राइम बैंकका सीईओ संजीव मानन्धर दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । यसैगरी नबिल बैंकका सीईओ मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका सीईओ रामकुमार तिवारी र लक्ष्मी सनराइज बैंकका सीईओ अजय विक्रम शाह नयाँ सदस्यमा चयन भएका छन् ।

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्ड्ये र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी सुन्दर कँडेलको कार्यकाल सकिन लागेपछि सदस्य पद खाली भएको थियो । साथै, प्रभु बैंकका सीईओको कार्यकाल सकिन लागेपछि उनको ठाँउमा नयाँ सदस्य चयन भएको संघले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको