नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाए पछि जनकपुरले उक्त लक्ष्य पाएको हो ।
कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान सेखले सर्वाधिक ३३ रन बनाए । यस्तै गुल्सन झा ले १९ जोडे भने कप्तान सोमपालले १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन जोडे ।
बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २–२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस