Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै २२औं बर्षमा प्रवेश

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, ११ : ४५ मा प्रकाशित

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै २२औं बर्षमा प्रवेश

सानिमा बैंक लिमिटेड आफ्नो स्थापनाको २१औं वर्ष पूरा  गरि २२ औं बर्ष प्रवेश गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको जनाएको छ  ।

बार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले  बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि प्रोत्साहन गरेका थिए ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको