Like us!
Follow us!
Connect us!
Watch us!

एनिपएल क्रिकेट : पहिलो क्लालिफायरमा विराटनगर विरुद्ध पहिले ब्याट्रिङ गर्दै सुदूरपश्चिम

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १५ : ५१ मा प्रकाशित

एनिपएल क्रिकेट : पहिलो क्लालिफायरमा विराटनगर विरुद्ध पहिले ब्याट्रिङ गर्दै सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । विारटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । 

आजको खेलमा विराटनगरले शंकर रानाको स्थानमा नारायण जोशीलाई मौका दिएको छ भने सुदूरपश्चिमले भने पाँच खेलाडी परिवर्तन गरेको छ । आज सुदूरपश्चिमका दीपक बोहरा, हिक्मत महरा, जस ब्राउन, धु्रव परासर र पुनित मेहरालाई बेन्चमा राखेको छ । 

सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, सेल्डन ज्याक्सन, स्कट कुग्लेन, मुख्तर अहमद र हरमित सिंह।

विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोेशी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको