नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको छ । आज भएको खेलमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम दोस्रो पटक फाइनमा प्रवेश गरेको हो ।
१५६ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको विराटनगर १४.१ ओभरमा ७८ रनमा अलआउट भयो । विराटनगरका लागि फाप डुप्लेसीसले सर्वाधिक ३६ रनेको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लागय रहेन् । विराटनगरलाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइजन, हरमित सिंह र अभिनास बोहोराले २/२ विकेट लिए । त्यस्तै हेमन्त धामी र दिपेन्द्र सिंए ऐरिले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । शेल्डन ज्याक्सनले २० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले पनि २० रनको योगदान दिए । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले समान २/२ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस