Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : इलिमिनेटरमा आज काठमान्डू र लुम्बिनी भिड्दै

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, ०७ : ३८ मा प्रकाशित

एनपिएल क्रिकेट : इलिमिनेटरमा आज काठमान्डू र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटर खेल हुँदैछ । आज हुने इलिमिनेटर खेलमा काठमान्डू गोर्खाज र लुम्बिनी लायन्स बीच खेल हुने भएको हो । 

यी दुई टोलीबीच आज साँझ ४ बजे त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । आजको विजेताले फाइनल प्रवेशका लागि विराटनगर किङ्ससँग खेल्ने छ । लिग चरणमा १० अंक बटुलेपनि काठमान्डू गोर्खाज नेट रनरेटका आधारमा तेस्रो भएको थियो भने लिग चरणको ७ खेलमध्ये ४ खेलमा जित हासिल गरेर ८ अंक जोड्दै लुम्बिनी लायन्स, चौथो स्थानमा रहन सफल भएको थियो । 

समूहचरणमा यी दुई टोली बीच भएको खेलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको