आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/ ८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने २८औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस