राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका लागि सेयर बजार सबैभन्दा सुरक्षित लगानीको क्षेत्र भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा उनले बैंकहरूले सेयर बजारमा लगानी गर्न नडराउनुपर्ने बताएका हुन् ।
मिश्रले भनेका छन्, 'म राष्ट्र बैंकको मान्छे हुँ भन्न मिल्छ या मिल्दैन, तपाइहरुले कतिको मान्नु हुन्छ, १८० दिनको एभरेज निकालेको हुन्छ, यसमा घट्यो भने मार्जिन कल गर्न दैनिक रुपमा नेप्सेमा मूल्य थाहा हुन्छ घट्यो भने तिर्न आउ बढ्यो भने लिन आउ भन्ने हुन्छ । बुल बनाएर लगेको लग्यै गर्यो भने केहि मात्रामा बबल क्रिएट हुन सक्छ। यसपछि राष्ट्र बैंकले नै धेरै माथी गयो भने भन्नु पर्ने हुन्छ । '
उनका अनुसार सेयर बजारमा कृत्रिम रुपमा बुल ट्रेन्ड बनाइए केही मात्रामा बबल सिर्जना हुन सक्ने भए पनि त्यसको निगरानी गर्ने जिम्मा स्वयं राष्ट्र बैंककै हुने भएकाले संस्थागत लगानीका लागि यस क्षेत्र विश्वसनीय मानिन्छ। मिश्रले लगानी गर्दा बजारको स्थिरता, दीर्घकालीन दृष्टिकोण र उपयुक्त विकल्पहरूको अध्ययन अनिवार्य रहेको उल्लेख गरे। बजारको उतार–चढावमा बुद्धिमानीपूर्वक निर्णय गर्न फन्डामेन्टल विश्लेषण अपरिहार्य हुने उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस