नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्स विरुद्ध पहिले क्षेत्र संरक्षण (फिल्डिङ) गर्ने भएको छ । विराटनगरले टस जितेर पहिले क्षेत्र संरक्षण गर्ने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेलमा विराटनगरले सूर्य तामाङ, नारायण जोेशीको स्थानमा शंकर राना र सुवास भण्डारी प्लेइङ ११ मा ल्याएको छ । लुम्बिनीले भने एलिमिनेटर खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।
आजको खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम सोयल्ससँग खेल्ने छ ।
विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, शंकर राना, नरेन भट्ट, सुवास भण्डारी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे ।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस