नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाए पछि विराटनरले उक्त लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि डीआर्सी सर्टले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै रोहीत पौडेलले ३४ रन बनाए भने निरोशन डिकवेलाले टोलिका लागि २९ रनको योगदान दिए ।
विराटनगरका लागि सुवास भण्डारी र प्रतिशत जिसीले समान ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिए । विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस