Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल फाइनल : लुम्बिनीलाई जितका लागि ८६ रनको लक्ष्य, चलने सुदूरको ब्याटिङ

अर्थ संसार

शनिबार, २७ मंसिर २०८२, १७ : ०४ मा प्रकाशित

एनपीएल फाइनल : लुम्बिनीलाई जितका लागि ८६ रनको लक्ष्य, चलने सुदूरको ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिमले निकै खराब ब्याटिङ गरेको छ । अघिल्ला खेलहरुमा निकै उत्कृष्ट ब्याटिङ गरेर फाइनल पुगेको सुदूरपश्चिमले फाइनमा भने समर्थकलाई निराश बनाउने ब्याटिङ ग¥यो । 

सुदूरले लुम्बिनीलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । टस जिेटर पहिले ब्याटिङ गरेको सुदूरले निकै खराब प्रदर्शन गर्दै १९ औँ ओभरमा अलआउट हुँदै ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि इसान पाण्डेले सार्वधिक ३३ रनको योगदान दिए । त्यस्ते कप्तान दीपेन्द्र सिंह ऐरिले १३ रनको योगदान दिए ।  त्यस्तै स्कट कुग्गेलिजन र हरमित सिंहले समान १०÷१० रन बनाए भने हेमन्त धामीले पनि १० रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्श सम्झना लायक रहेन । 

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले रुबेन ट्रम्पेलम्यानले समान ३÷३ विकेट लिए । रोहितले आजको फाइनलमा ह्याट्रिक नै पुरा गरे । तिलक राज भण्डारीले पनि एक विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको