Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइन्छ : आईजीपी कार्की

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १३ : ३२ मा प्रकाशित

‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइन्छ : आईजीपी कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरे ।

जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन् । विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताउँदै उनले भने, ‘मुलभूत रुपमा नेपाल प्रहरीका थुप्रै संरचनाहरु आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रुपमा पर्छ ।’

‘यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ,’ उनले थपे । उनले यस्ता प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी आवश्यक रहेकोमा जोड दिए । त्यसतर्फ ध्यान दिन उनले सबै प्रहरी तथा कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको