Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको नेतृत्व चयन : महासचिवमा शंकर र सुरेन्द्रको भिडन्त

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, ११ : ५९ मा प्रकाशित

एमालेको नेतृत्व चयन : महासचिवमा शंकर र सुरेन्द्रको भिडन्त

नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ताका लागि फर्म वितरण गरिएको छ । अध्यक्षमा केपी ओली र इश्वर पोखरले भिड्ने निश्चित भइसकेको अवस्थामा अध्यक्ष पछिको शक्तिशालि पद महासचिवमा भने हालका महासचिव शंकर पोखरेल र उपाध्य सुरेन्द्र पाण्डे भिड्ने निश्चित भएको हो । 

एमाले स्रोतका अनुसार ओलीको टिमबाट महासचिवमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ । यस्तै पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । 

सोमबार बिहान पोखरेल समूहले आफ्नो टिमबाट पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पाण्डे हाल उपाध्यक्ष रहेका छन् भने पोखरेल वर्तमान महासचिव हुन् । एमालेको नेतृत्वसहितको नयाँ कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको