Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारमैत्री पोलिसी भएमा लगानीकर्ताको मनोबल बढ्छ - छोटेलाल रौनियार

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, १७ : १६ मा प्रकाशित

पुँजी बजारमैत्री पोलिसी भएमा लगानीकर्ताको मनोबल बढ्छ - छोटेलाल रौनियार

सेयर बजालका लगानीकर्ता तथा इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले लगानीकर्ताको मनोबल बढ्नका लागि पोलिसी राम्रो हुनु पर्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले पोलिसी राम्रो भएको खण्डमा लगानीकर्ताको मनोबल बढ्ने बताएका हुन् ।

उनले अहिले सेयर बजारमा २५ प्रतिशत मात्रै जोखिम रहेको पनि बताए । ‘सेयर बजार जोखिमयुक्त क्षेत्र हो । तर अहिले लगानी गर्ने समय हो । अहिले सेयर बजारमा २५ प्रतिशत जोखिम रहेको छ भने ७५ प्रतिशत सुरक्षा नै रहेको छ,’ उनले भने । बजारले अन्यौलता नरुचाउने भएकाले अहिले अन्यौलता कायम रहेकाले बजार घटेको उनको भनाइ छ । 

नेपाल धितोपत्र बोर्डले पुँजी बजारका विषयमा आउने अनावश्यक हल्लालाई नियन्त्रण गर्नु पर्ने उनले बताए । घटबढ बजारको सुन्दरता भएकाले बजार घट्दा आन्तिने र बढ्दा मातिन्ने गर्न नहुने उनको सुझाब छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको