स्वतिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार २५ कारोबार दिन सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य नेप्सेमा कारोबार भएदेखि नै लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भयरहेको हो ।
कात्तिक २५ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयर मूल्यमा त्यसयता २१६८ रुपैयाँले वृद्धि भएको छ । कारोबार भएको पहिलो दिन ३९१ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य आज पुस १ गतेको कारोबार बन्द हुँदा २ हजार ५५९ रुपैयाँ ७० पैसा पुगेको छ ।
यो कम्पनीको १० कित्ता आईपीओ परेका व्यक्तिहरुले २४ हजार रुपैयाँ कमाइ सकेका छन् । १ हजार लगानी गरेका लगानीकर्ताले यो कम्पनीको सेयर मूल्य बुधबार बिक्री गर्दा २४ हजार रुपैयाँ भन्दा बढीको नाफा कमाउने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस