नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ । अहिले मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ । ‘अब १०० मत खस्न बाँकी छ । ८० वटा मेसिनबाट मतदान भइरहेको छ,’ उनले भने । लामाका अनुसार अहिले ८० जनाले मत हालिरहेका छन् । २० जना जति होल्डिङ सेन्टरमा छन् ।
महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन । मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस