नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिवमा सबैभन्दा सबै ओली पक्षका सचिव निर्वाचित भएका हुन् ।
निर्वाचिन हुने सबै भन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।
यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् । यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस