Like us!
Follow us!
Connect us!
Watch us!

कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती - उद्योगमन्त्री

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, १५ : ०१ मा प्रकाशित

कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती - उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, प्रभावकारिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

मन्त्री सिन्हाले वार्षिक बजेटमा विभिन्न शीर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिका कारण नागरिक असन्तुष्ट भएको र यसले अर्थतन्त्रलाई समेत कमजोर बनाएको बताए। सार्वजनिक खर्चको उपयोगिता अभिवृद्धि, सेवा प्रवाहको सुधार र आर्थिक सुशासन वर्तमान समयका सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए।

राज्यले कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायताबाट संकलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अपेक्षित रूपमा अनुभूति गर्न नसकेको गुनासो रहेको कुरा उनले स्वीकार गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको