Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, के-के छन् एजेण्डा ?

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, ०८ : ३८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, के-के छन् एजेण्डा ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ ।

सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको