Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि साढे ३ अर्बमा सिमित

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि साढे ३ अर्बमा सिमित

सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकल घटेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज पनि १३.८८ अंकले घटेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २५८१.२१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.२५ अंकले घटेर ४४६.०१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ । आज एउटा मात्रै उपसूचकको मात्रै सेयर मूल्य बढेको थियो । 

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने साढे ३ अर्ब माथिको कारोबार मात्रै भएको छ । आज सेयर बजार ३३२ कम्पनीका ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ६५ हजार ३१२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ५१ करोड ५९ लाख २० हजार ७१८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको